Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीत संगै नेपाली म्युजिक भिडियोको विकास समेत निकै तिब्र रुपमा हुदै गईरहेको छ | अब नेपालमा समेत गुणस्तरीय म्युजिक भिडियोको निर्माणले बिस्तारै गति लिदै छ | कुनै पनि भिडियो राम्रो हुनुमा निर्देशकको प्रमुख भूमिका हुने गर्दछ | तर निकै कम समयमा आफ्नो कामको जादु देखाएर नेपाली दर्शकहरुको माझमा आफ्नो बेग्लै पहिचान बनाएका यी यस्ता माहिर निर्देशकहरुको पनि हामी माझ सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो अनुपम कुमार शाह | आफ्नो अधिकतम समय नेपाली चलचित्रको विकासको काममा ब्यक्तित गरेका यी व्यक्ति नेपाली चलचित्र क्षत्रको भिएफएक्स डिजाइनरको राजा नै मानिनछन् | त्यसको साथसाथै निर्देशनमा समेत उनको खुबी प्रशंसा योग्य रहेको छ |
anupam-kumar-shah
anupam-kumar-shah
उनको निर्देशनमा तयार भएको “ओ मा” बोलको हिन्दी म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ | नेपाली गायक रुद्र नारायण तिवारीको स्वरमा सजिएको उक्त गीतमा शब्द डा. सागरको र संगीत भने विपिन पटवाको रहेको छ | शिव ढकालको छायांकनमा यस गीतको म्युजिक भिडियोमा रुद्र नारायण तिवारी , रेनुका सिंह ठकुरी , अमितेश शाह , सरिता गिरी र वारिश खानले अभिनय गरेका छन् | यसका निर्माता भने हरि कृष्ण तिवारी रहेका छन् | यसको प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी भने प्रोडक्सन म्यानेजर क्षितिज सुवेदीले लिनुभएको छ | उनको यो गीतको म्युजिक भिडियो भारतको सर्भादिक सफल र सबै भन्दा ठुलो म्युजिक कम्पनी जी म्युजिक कम्पनीबाट रिलिज हुनेछ | गीतको भिडियोको अहिले सम्पादनको काम भैरहेको जानकारी प्रोडक्सन म्यानेजर क्षितिज सुवेदीले दिनुभएको छ |
anupam-kumar-shah
anupam-kumar-shah
अनुपम कुमार शाह नेपालमा मात्र नभएर नेपाल बाहिर समेत चिर परिचित नाम हो | नेपालमा उनलाई भिएफएक्स डिजाइनरको किङ्ग नै भनिन्छ | उनले अहिले सम्म “के म तिम्रो साथी बन्न सक्छु” , “आधी बाटो” , “कोहिनुर” , “काली” , “हिम्मतवाली” , “हँसिया” , “भैरब” , “प्रोड्युसर” , “लुटेरा” , “तथास्तु” , “के म तिम्रो होइन र” , “वीर विक्रम” र “किङ्ग” लगाएतका झन्डै २० वटा भन्दा बढी उत्कृष्ट नेपाली चलचित्रमा भिएफएक्स डिजाइनरको काम गरिसकेका छन् | त्यस्तै उनले भारतमा रहेर करिब ५ वटा भोजपुरी चलचित्रको साथमा थुप्रै बिज्ञापनमा समेत आफ्नो बेजोड उपस्थिति जनाइसकेका छन् | त्यस्तै उनले केहि पन्जाबी तथा भारतीय म्युजिक भिडियो र नेपालमा निकै नै राम्रो म्युजिक भिडियोहरुमा आफ्नो निर्देशनको चमत्कार देखाइसकेका छन् |
anupam-kumar-shah
उनको निर्देशनमा पछिल्लो पटक केहि समय अगाडी मात्र तयार भएको भोजपुरी “नेटेपे मामला सेट होगईल” बोलको गीतको म्युजिक भिडियो भारतको सर्भादिक सफल र ठुलो म्युजिक कम्पनी टि-सिरिजबाट अब केहि दिनमा नै रिलिज हुने तयारीमा रहेको कुरा उक्त गीतका गायक रवि शाहले बताएका छन् | त्यस्तै अहिले सम्पादन कक्षमा रहेको अब आउने उनको “ओ मा” बोलको नया गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट तयार भएको र यसले सबैको मन जित्ने विश्वास निर्देशक अनुपम कुमार शाहले ब्यक्त गर्नुभएको छ | त्यस्तै उहाले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई बडा दशैंको हृदय देखि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: