Thu. Apr 25th, 2024

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ। साम्राज्ञी शाह र पुष्प खड्का अभिनित फिल्मको गीत बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो।

उक्त कार्यक्रममा निर्देशक रमेश एमके पौडेल, कलाकारद्वय साम्राज्ञी शाह र पुष्प खड्काले फिल्मबारे जानकारी गराएका थिए।

रोमान्टिक शैलीको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ। योगेशकाजीले संगीत भरेको गीतमा निर्देशक समेत रहेका पौडेलको शब्द रचना छ ।

मंगलबार पोखराबाट ‘तिम्रो मेरो साथ’ देशव्यापी प्रचारप्रसार यात्रा थालेको छ। फेवातालको डुंगामै फिल्मले पत्रकार सम्मेलन सुरू गरिएको प्रचारप्रसार नारायणगढपछि हेटौंडा, बुटवल, विराटनगर र बिर्तामोडसम्म पुग्नेछ।

पुस २९ देखि प्रदर्शनमा आउने फिल्मलाई थ्रिलर र लभस्टोरी ड्रामा भएको बताइएको छ । फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।

One thought on “‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक (भिडियो)”

Leave a Reply

%d bloggers like this: