
‘मोहर’को नयाँ पोष्टर ,पल शाहको दोहोरो अवतार
ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको जस्तो देखिन्छ । सार्वजनिक पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी पहिलो लुक्समा अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् ।…