Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र आफ्नो पहिलो टिजर सार्वजनिक गरेको चलचित्र “सायद-२” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र अन्तत चैत्रको ११ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने जानकारी निर्माता सुनिल रावलले जानकारी दिएका छन् | दुर्गिश फिल्मसको प्रस्तुति रहेको चलचित्र “सायद-२” मा सुशील श्रेष्ठ , शारून श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , सुशील सिटौला , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका हुन् भने निर्माता तर्फ सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् | चलचित्रमा राजु विक्रम थापाको छायांकन , अस्ट महर्जनको द्वन्द र गोबिन्द राई एवं विक्रम स्वरको नृत्य निर्देशन समावेश रहेको छ |
saayad-2
चलचित्रले अहिलेको युवा पिडिको कथा बोकेको जानकारी निर्माता सुनिल रावलले दिएका छन् | अहिलेको युवा पुस्ताको बदलिदो समय र उनीहरुको व्यवहारलाई र त्यसबाट आइपर्ने समस्या र समाधानलाई निकै सरल रुपमा चित्रण गर्ने प्रयास आफुहरुले गरेको कुरा समेत उनले उल्लेख गरेका छन् | चलचित्र निकै राम्रो बनेको र सबै दर्शकहरु मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् |
saayad-2
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: