Thu. May 30th, 2024

काठमाडौं / उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र चलचित्रले भन्ने कथालाई दर्शकका लागि थप कौतुहल्तापुर्ण बनाएको छ ।

टिजरमा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ । ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ । यी सब चिजले ट्रेलरलाई आकर्षक त बनाएको छ नै, त्यसका अलावा नेपाली चलचित्रमा हुने गरेको दृश्य कथाको खडेरीलाई चलचित्रमा सम्बोधन गर्ने देखाएको छ ।

चलचित्रले सफल हुने संकेत गरेको छ । ट्रेलरमा कवि उपेन्द्र स्पष्ट झल्किन्छन् । चलचित्रमा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ चलचित्रबाट तारिफ बटुलेका सुब्बाको यो चलचित्र रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्न सकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।

Leave a Reply

%d bloggers like this: