Sat. Apr 27th, 2024

काठमाडौं / आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् ।

मंगलबार सार्वजनिक पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन् । उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको संकेत पोस्टरले गरेको छ ।

सिनेमाका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले सिनेमाको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको बताए । सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आट्र्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तवरले प्रस्तुत गरिएको छ ।

निर्देशक प्रदीप भट्टराईले सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् सिनेमामा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । नेपालमा सिनेमाले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । सिनेमाको सार्वजनिक फर्स्टलुक पोस्टरले पनि त्यसको संकेत गरेको छ ।

सिनेमामा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । सिनेमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

One thought on “‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक, हरिवंशको ‘भिलेन’ अवतार”

Leave a Reply

%d bloggers like this: