Sat. Apr 27th, 2024

काठमाडौं / आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द रचना रहेको छ ।

हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा डेब्यु अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । सिनेमाको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाईरहेका छन् ।

दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमाको ट्रेलरमा हासो, रोदन, एक्सन, विछोडको मिश्रण छ । गीतमा देखिएका किरण र रक्षाले शिर्ष गीतको छायांकन रमाइलो भएको सुनाए । ‘पहाडी भेगमा दृश्य हेर्दा निकै मनोरम लाग्थ्यो तर हामीले निकै मेहनत गरेर ती दृश्यलाई पर्दासम्म ल्याएका छौं । किनकि त्यहाँ जति मनोरम दृश्य थियो, कैद गर्न त्यति नै गाह्रो थियो ।’

अभिनेत्री रक्षाले सिनेमामा लिएर आफू उत्साहित रहेको बताइन । ‘गीतमा देखिएको दृश्यले पनि सिनेमामा गरिएको मेहनतलाई प्रस्ट्याउँछ । प्रेम कथानक सिनेमामार्फत दर्शक सामु आउँदैछु । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएकी छु’, रक्षाले भनिन् । निर्माता राजाराम बुढाथोकीले विना सम्झौता सिनेमा तयार गरिएको बताए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण भएको सिनेमामा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । सिनेमालाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । यो सिनेमामा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ ।

One thought on “‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक”

Leave a Reply

%d bloggers like this: