Sun. May 5th, 2024

काठमाडौं / अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक भएपछि चर्चामा छ । अहिले यो चलचित्रको विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार ट्रेलर रिलिजपछि विदेशमा चलचित्रको उच्च माग छ ।

यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्नेछन् भने दक्षिण कोरिया अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ । नेपाली चलचित्रका लागि राम्रो मानिएको अष्ट्रेलिया बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ । हङकङमा भने चलचित्रलाई ओपिजी फिल्मस्ले रिलिज गर्नेछ ।

यी बाहेक अन्य देशमा पनि चलचित्रको राइट्स विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । चलचित्रको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो चलचित्र रिलिज हुनेछ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । चलचित्रका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: