Sat. Apr 27th, 2024

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को गीत सार्वजनिक भएको छ।

कृष्ण जन्माष्टमीको अवसरमा बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘के तिमीलाई यो कुराको खबर छ‍’ बोलको गीत सार्वजनिक गरिएको हो।

मैथली र नेपाली भाषामा तयार पाएको गीतमा हर्कुलेस बस्नेत, राजज्ञ क्षेष्ठ र सुमन गुरुङको स्वर छ। सविन एकतारेको शब्द रहेको गीतमा हर्कुलेस बस्नेतले संगीत भरेका छन्।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडिओमा सुहाना थापा र जेभिस श्रेष्ठ फिचर्ड छन्। राजेश श्रेष्ठले छायांकन गरेको गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन्।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।

Leave a Reply

%d bloggers like this: