Sat. Apr 27th, 2024

काठमाडाैँ । ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार बिग मुभिजमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ । गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै दिएका हुन् । उक्त गीतमा अन्य नेपाली गीतहरू भन्दा भिन्न स्वाद देख्न सकिन्छ ।

झरना थापा निर्देशित फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

सुनिलकुमार थापा निर्मित फिल्ममा विपीन र सुहानाका अलावा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केशव क्षेत्रीको अभिनय छ ।

फिल्म यही शुक्रबार भदौ २९ गते रिलिज हुनेछ ।

 

Leave a Reply

%d bloggers like this: