Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपालीहरुको महान चाड दशैं अहिले सबैको नजिकै आइसकेको छ | यो बेलामा देशमा मात्र हैन देश बाहिर पनि विभिन्न तयारीहरु भैरहेको अवस्था छ | अहिले नेपालमा मात्र नभएर बिदेशमा समेत संस्कृतिक कार्यक्रमको लहर चलेको छ | देश बाहिर रहनु भएका नेपाली कलाकारहरुले नै यो किसिमको कार्यक्रमको आयोजनाको प्रयास गरिनै रहनु भएको छ | यसै बिचमा यस्तै एक कलाकार हुनु हुन्छ गोपी दाहाल | उनि एक कुशल रचनाकार हुन् | उनका गीतहरु अहिले नेपाली बजारमा निकै राम्रो स्थानमा रहेको छ | नेपाली दर्शकहरुले उनको गीतलाई अहिले निकै नै मनपराई रहनु भएको अवस्था छ | यहि सफलताको संग संगै उनले भुटानिज युथ अफ अमेरीकाको स्वामित्वमा ओहायो राज्य सिन्सिन्याटी शहरमा दशैं तिहार संस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका छन् | विभिन्न ख्याती प्राप्त कलाकारहरुको साथमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो | त्यसका लागि नेपालीबाट राई इज किङ्गको उपाधि पाएको चर्चित गायक राजेशपायल राई अमेरिका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ | उनको साथमा कार्यक्रममा किरण गजमेर , गणेश चाङ्ग , अम्बेर सुब्बा , रमेश कडेल , राम धिमाल , एनके ब्रोदर्स लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुति त्यहाँका दर्शकहरु माझ प्रस्तुत गर्ने छन् | कार्यक्रमलाई निकै भब्य र सभ्य बनाउने आफ्नो योजना र त्यहि अनुसार तयारी समेत रहेको कुरा गोपी दाहालले जानकारी दिनुभएको छ |
gopi-dahal
देशबाट धेरै नै टाढाको बिदेशी भूमिमा रहे पनि नेपाली गीत संगीत प्रतिको उहाको लगाव र योगदान निकै नै अपरिहार्य रहेको छ | आफु देशको भूमिबाट टाढा रहदा पनि उहाले सधै नेपाली कला संस्कृतिको जगेर्ना र उत्थानको लागि प्रयास गर्दै आइरहनु भएको छ | नेपाली दर्शकहरु माझ उत्कृष्ट रचनाहरु पेश गरेर आफ्नो एउटा छुट्टै किसिमको पहिचान समेत उहाले बनाइसक्नु भएको छ | उनले यहि कार्यक्रमको अन्तरालमा आफ्नो नया गीत समेत गायक राजेशपायल राईको स्वरमा सिन्सिन्याटी शहरमा एनके ब्रोदर्सको स्टुडियोमा रेकर्ड गराउने तयारीमा छन् | उनको अब रेकर्ड हुने तयारीको गीतको “बोल बास गर मेरी माया दिलको छहारीमा” रहेको छ र यो गीत उनको एल्बम “प्रज्वल” मा समावेश रहने छ | उनको यस गीतलाई कम्पोज गर्ने काम भने कम्पोजर अम्बेर सुब्बाले गरेका छन् | उनले अब आउन लागेको गीत आफ्नो पछिल्लो गीत जस्तै राम्रो बनाउने कोसिस गरेको कुरा उल्लेख गरेका छन् | नेपाली दर्शकहरुको टेस्टलाई आफुले निकै राम्रो संग बुझेको र उहाहरुले रोजेको र खोजेको जस्तो गीतहरु उहाहरुलाई प्रदान गर्ने प्रयत्न आफुले सधै गर्ने प्रतिबध्ता समेत उहाले जाहेर गर्नुभएको छ |
gopi-dahal
हामी सबै नेपालीको महान चाड बडा दशैंको बेलामा सबै नेपालीहरुलाई एक ठाउमा एक जुट गराएर आफ्नो संस्कृतिमा रमाउने वाताबरणको लागि आफुले यो संस्कृतिक कार्यक्रमको आयोजना गर्ने लागेको उनको भनाई रहेको छ | यसका साथै उनले सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनको लागि हार्दिक अनुरोध समेत गर्नुभएको छ | त्यसै गरि उहाले हामी जहाँ रहे पनि पहिला हामी नेपाली भएको हुनाले हामी सबैले आफ्नो नेपाली संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने विश्वास ब्यक्त गर्नु भएको छ | त्यसका साथै उहाले सम्पूर्ण नेपालमा मात्र नभएर नेपाल बाहिर रहनु भएको नेपालीहरुलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: