Thu. May 2nd, 2024

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ले एक हप्तामा ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रले दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक छ । चलचित्रलाई दुई क्यामेराम्यान शिवराम श्रेष्ठ र राइली एस शिनले खिचेका छन् ।

Leave a Reply

%d bloggers like this: