Sat. Apr 27th, 2024

काठमाडौं / अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।

मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेबाट सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

One thought on “माओत्से गुरुङ निर्देशित ‘दयारानी’को गीत ‘चोरी चोरी’ रिलिज”

Leave a Reply

%d bloggers like this: