Sat. Apr 27th, 2024

काठमाडौं / गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् ।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटकमा नेपाली गीत संगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले गीतसंगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

मन्त्री किँरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जिकिर गरेका छन् । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।

‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् । यो भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन् ।

गायक यश कुमारले गीत सार्वजनिक कार्यक्रममा प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफुले यो गीतमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका हुन् ।

गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत कार्यक्रममा गरेका थिए ।

One thought on “यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक”

Leave a Reply

%d bloggers like this: