Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा थुप्रै कलाकारहरु निरन्तर रुपमा अग्रसर रहेका छन् जसले आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीतलाई राखेका छन् | यिनै व्यक्तिहरुको सुचिमा एउटा नाम रहेको छ त्यो नाम हो रचनाकार गोपी दाहाल | निकै लामो समय देखि सुरु गरेको नेपाली गीत संगीतको उनको यात्रा अहिले उनि नेपाल देखि ७ समुन्द्र पारी रहदा समेत सकिएको छैन | उनि देश बाहिर रहेर पनि नेपाली गीत संगीत प्रति निष्ठावान हिसाबले अगाडी बढी रहेका छन् |
gopi-dahal
gopi-dahal
यसै बिचमा उनको थुप्रै रचनाहरु बाहिरिएका छन् | त्यहि रचनाहरु मध्यको एक रचना हो “बिस्व सुन्दरी” जुन केहि समय अगाडी मात्र सार्वजनिक भएको छ | उनको यस गीतमा गायिका मिलन अमात्यले आफ्नो सुमधुर स्वर भरेका छन् | त्यस्तै यस गीतमा शब्द स्वयम रचनाकार गोपी दाहालको रहेको छ भने राजन राज शिवाकोटीले संगीत दिएका छन् | त्यस्तै गीतलाई अरेन्ज गर्ने काम भने सहस शाक्यले गरेका छन् | गीतको म्युजिक भिडियो पनि अत्ति नै राम्रो बनेको छ जसमा मिलन अमात्य र गम्विर बिष्टको अभिनय रहेको छ र बिशाल भण्डारीले निर्देशन गरेका छन् |
gopi-dahal
हरेक पटक फरक र पृथक किसिमको प्रस्तुति दर्शकहरु माझ राख्न सफल रहेका छन् रचनाकार गोपी दाहाल | उनको लेख रचनाहरुमा छुट्टै किसिमको मनलाई प्रशन्न पार्ने भाव हुने गर्दछ | उनले परदेशमा समेत नेपाली गीत संगीतलाई निकै सहि र व्यवस्थित हिसाबले अगाडी बढाई रहेका छन् | उनि नेपाली गीत संगीतको सर्जकको समेत भूमिका निभाई रहेका छन् | जहाँ रहे पनि आफु नेपाली रहेको र नेपाली संस्कृति र नेपाली पनलाई आफुले सधै जगेर्ना गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
gopi-dahal
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: