Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा अब गीत संगीतको बजार बिस्तारै फस्टाउदै छ | अहिले थुप्रै कलाकारहरुको आगमन भैरहेको छ जसमा धेरै नया प्रस्तुतिको भण्डार पनि रहेको छ | नेपाली दर्शकहरुले चाहेको कुराहरुलाई सरल र सहज रुपमा प्रस्तुत गर्ने कलाकारहरुको पनि अब कमि रहेको छैन | यस्तै खुबी भएका एक गायक हुन् सुमन श्रेष्ठ (संगम) | अहिले नेपाली गीत संगीतमा राजधानीका बाहेकको ठाउँहरु बाट थुप्रै कलाकारहरु निकै सक्रिय भैरहेको अवस्था छ | उनि पनि राजधानीको बाहिर धरानबाट आफ्नो सांगीतिक यात्रामा सक्रिय रहेका छन् |
suman-shrestha
suman-shrestha
आफु अरु थुप्रै काममा आबद्ध रहे पनि पहिलो प्राथमिकता भने उनले नेपाली गीत संगीतलाई राखेका छन् | यसै बिचमा उनको केहि समय अगाडी मात्र “पिरतीको फूल फूल्यो” बजारमा सार्वजनिक गरिएको थियो | शंकर अधिकारी “घायल ” को शब्द रहेको गीतमा ओम प्रकाशको संगीतमा गायक सुमन श्रेष्ठले आफ्नो सुमधुर स्वर भरेका थिए | उनलाई यस गीतमा गायिका नोवा थोप्रा लिम्बुले साथ दिएका थिए | उक्त गीतले अहिले पनि युटुबमा राम्रो चर्चा कमाईरहेको छ | त्यस गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ जसलाई सुरेश कार्कीले निर्देशन गरेका छन् |
suman-shrestha
उनको यस गीतको चर्चा संगै अब उनले आफ्नो नया प्रस्तुति दर्शकहरु समक्ष राख्ने जमर्को गरिरहेका छन् | सबै कुरा तयार भैसकेको र केहि कुरा मात्र मिलाउनु बाकी रहेको जानकारी गायक सुमन श्रेष्ठले (संगम) दिएका छन् | अब आउने गीत पहिले भन्दा निकै नै फरक र पृथक रहने र सबै नेपाली दर्शकहरुको मन छुने विश्वास समेत उनले व्यक्त गरेका छन् | आफ्नो पहिलेको गीतलाई धेरै नै मनपराईदिनु भएकोमा दर्शक प्रति आभार प्रकट गर्दै अब आउने गीतलाई पनि सुनेर माया र सम्मान गरि सहि मुल्यांकन गरि सल्लहा सुझाब दिएर आफुलाई हौसला प्रदान गरिदिनुहुन उनले हृदयबाट दर्शकहरु माझ आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: