Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा धेरै कलाकारहरु आबद्ध रहेका छन् | तर यस क्षत्रमा आबद्ध हुनु संगसंगै नेपाली चलचित्र क्षत्रलाई नै कर्म थलो बनाएर पहिलो प्राथमिकताको हिसाबमा काम गर्ने व्यक्तिहरु पनि यहाँ हुनुहुन्छ | यसै व्यक्तिहरुको सुचिमा रहेको एउटा नाम हो श्याम श्रेष्ठ | उनि कलाकारितामा संलग्न मात्र नभएर नेपाली चलचित्रको विकास तर्फ समेत उन्मुख भैरहेका छन् | “नमस्ते नेपाल” चलचित्रमा कुशल अभिनय प्रस्तुत गरिसकेका उनि अब चाडै नै बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” मार्फत पुन एकपटक दर्शक माझ आउदैछन् | उनि अहिले बेल्जियममा बसोबास गर्दै आइरहेका छन् | चलचित्र “लप्पन छप्पन” र “नमस्ते नेपाल” जुन पहिलो पटक यूरोपमा छायांकन गरियो त्यसको व्यवस्थापनको काम समेत उनले जिम्मा लिएका थिए र उनले बखुबी पुरा समेत पुरा गरे |
shyam-shrestha
अब उनि कलाकार मात्र नरहने बताएका छन् | उनि अब चाडै नै यूरोपमै नयाँ एक्सन चलचित्र बनाउने सोचमा छन् । अहिले उक्त चलचित्रको स्क्रिप्ट लेख्ने काम भैरहेको जानकारी उनले दिएका छन् | उनको यो चलचित्रमा हलिउड कलाकारहरुको उपस्थिति रहने तर को भन्ने कुरा भने उनले खुलासा गरेका छैनन् | त्यस्तै उनले अब बनाउने चलचित्रमा अपवादको रुपमा केहि नेपाली कलाकारहरुको अभिनय रहने बाकी बिदेशी र केहि बलिउड र केहि हलिउडका कलाकारहरु समावेश रहने कुरा उनले स्पस्ट पारेका छन् |
shyam-shrestha
उनले युरोपमा नेपाली चलचित्रको निकै ठुलो माग रहेको र यसलाई आफुले बुझेर नेपाली चलचित्रको सहि दिशा निर्धारण समेत गर्ने कुरा उनले उल्लेख गरेका छन् | निकै सरल र सहज स्वभावका उनि कलाकारिताबाट नेपाली दर्शकहरुको नजरमा परिसकेका छन् | अहिले उनि आफु पनि अर्को चलचित्रको लागि निकै तिब्र रुपमा तयारी गर्दैछन् | अब आउने आफ्नो चलचित्र निकै फरक र पृथक रहने र सम्पूर्ण नेपाली दर्शकहरुले चाहेको र खोजेको चलचित्र निर्माण हुने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
shyam-shrestha
त्यस्तै उनि नेपाल बाहिर परदेशमा रहे पनि आफ्नो पहिलो प्राथमिकता नेपाली चलचित्र क्षत्र नै रहेको र यसको बृधि विकासमा निरन्तर रुपमा लागिरहने विश्वास उनले ब्यक्त गरेका छन् | यूरोपमा नेपाली चलचित्रको विस्तार गर्ने काममा आफु निकै अग्रसर हिसाबले लागिरहेको कुरा समेत उनले बताएका छन् |
shyam-shrestha
त्यस्तै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ रहे पनि नेपाली चलचित्रलाई आफ्नो चलचित्र मानेर माया र सम्मान गरि आफु जस्तो कलाकारहरुलाई हौसला प्रदान गरिदिनुहुन आग्रह समेत गरेका छन् | त्यस्तै दर्शकहरु नै आफ्नो लागि भगवानको स्वरुप रहेको र उहाहरुको मुल्यांकन नै सर्वोपरी रहेको हुनाले सहि ढंगले आफ्नो कामहरुलाई मुल्यांकन गरेर सल्लहा सुझाब दिनुहुन सम्पूर्ण दर्शकहरु माझ उनले हृदयबाट बिन्ति समेत बिसाएका छन् |

Leave a Reply

%d bloggers like this: