Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
nitin-gajurel
नेपाली गीत सांगीतिक क्षत्रमा निकै नै धेरै नव कलाकारहरुको आगमन तिब्र छ भने पुराना कलाकारहरुको योगदान पनि निकै नै अपरिहार्ये रहेको छ | अहिले नेपाली गीत संगीतको सम्पूर्ण कुराहरु परिवर्तन भैरहेको अवस्था छ | सम्पूर्ण कलाकारहरुले आफ्नो तर्फबाट नेपाली गीत संगीतलाई नया मोड दिने प्रयास गरिरहनु भएको अवस्था छ | यसै बीच आफ्नो निकै नै लामो गीत संगीत प्रतिको लगाव र योगदान संगसंगै फेरी एकपटक गाएक नितिन गजुरेल दर्शक माझ आफ्नो नया किसिमको प्रतिभा सहित प्रस्तुत भएका छन् | गीत संगीतमा आफ्नो लामो जीवन समर्पित गरिसकेका उनि निकै नै निपुण व्यक्ति हुन् | गीत संगीतको हरेक पाटोलाई निकै नै नजिकबाट नियालेर महसुस गरेका व्यक्ति हुन् गाएक नितिन गजुरेल | आफ्नो गीत संगीतको लामो समयको यात्रालाई निरन्तरता दिदै उनि अहिले दर्शक माझ निकै नै फरक किसिमले प्रस्तुत हुन खोजिरहेका छन् |
nitin-gajurel
अहिले उनको बिल्कुलै नया “झुक्याएरै किन होला” बोलको गीत सार्वजनिक भएको छ | यस गीतमा शब्द नीर भिमको रहेको छ भने मनिष प्रसाईले आफ्नो सुमधुर संगीत भरेका छन् | यस गीतलाई गाएक नितिन गजुरेलले निकै नै उत्कृष्ट र सरल रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् | उनको प्रस्तुति र गाएकीको पछिल्ला दिनहरुमा निकै चर्चा समेत रहेको खुल्नमा आउदछ | कुनै पनि चिजलाई निकै नै सरल र सहज रुपमा प्रस्पोटन गर्न सक्ने खुबी भएका गाएक हुन् नितिन गजुरेल | उनले आफ्नो यस गीतले सम्पूर्ण नेपाली गीत संगीत र कला प्रेमी दर्शकहरुको मन जित्ने विश्वास समेत गरेका छन् | उनले कला क्षेत्रको सबैभन्दा ठुलो सर्जक दर्शकहरु रहेको उल्लेख गरेका छन् | त्यसैले उनले सम्पूर्ण दर्शकहरुलाई नेपाली गीत संगीतलाई माया गरि सम्मान गरिदिनु हुन आग्रह समेत गरेका छन् | आफ्ना गल्ति कमि कमजोरीहरुलाई औल्याई सल्लहा सुझाब प्रदान गरिदिनुहुनको लागि उनले दर्शक माझ बिन्ति समेत बिसाएका छन् | नेपाली गीत संगीतको स्थर निकै नै माथि सम्मको रहेको र बिस्तारै अगाडी बढी नेपालमा मात्र नभएर अन्तरास्ट्रिय बजारमा पनि एउटा छुट्टै किसिमको पहिचान र परिचय बनाउन सकिने कुराको आँकलन उनले लगाएका छन् |
nitin-gajurel
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: