Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
भाद्र ३ गते बाट देशभरका सम्पूर्ण हलहरुबाट एकै साथ प्रदर्शनमा आउन लागेको चलचित्र “वीर विक्रम” को अहिले नेपाली बजारमा निकै व्यापक रुपमा चर्चा भैरहेको छ | पूर्व देखि पश्चिम सम्म हरेक ठाउमा “वीर विक्रम” को निकै प्रतिक्षा रहेको कुराको खबर अहिले सबै तिरबाट आइरहेको अवस्था छ | यसै बीच काठमाडौँमा “वीर विक्रम” को क्रेजको एउटा उदहारण बाहिर आएको छ | गणेश राई नाम गरेका एक व्यक्तिले “वीर विक्रम” को ट्रेलरबाट प्रभावित भएर आफ्नै हातबाट “वीर विक्रम” को पोस्टरको चित्र बनाई अचम्म चकित तरिकाले चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्स र दयाहाङ राईलाई हस्तान्तरण गरेका छन् | उनि आफु दयाहाङ राईको पनि निकै ठुलो फ्यान रहेको कुरा उल्लेख गरेका छन् | यो उदहारणले अहिले चलचित्र “वीर विक्रम” को क्रेज दर्शक माझ निकै नै धेरै बढिरहेको कुरा प्रस्ट पार्दछ | चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले उनलाई धन्यवाद दिदै यस किसिमको सम्मान र मायालाई सधै कदर गरि आगामी दिनहरुमा नेपाली दर्शकको हितमा चलचित्र बनाउने प्रतिबद्धता जाहेर गरेका छन् |
bir-bikram
milan-chams
नेपाली चलचित्र क्षत्रलाई अन्तरास्ट्रिय बजारमा विस्तार गर्ने पहिलो निर्माता तथा निर्देशक मिलन चाम्स हुन् | उनले आफ्नो पहिलो चलचित्र “हसिया” लाई पहिलो पल्ट लण्डनमा रेड कार्पेट प्रिमिएर शो गरि नेपाली चलचित्रको अन्तरास्ट्रिय बजारमा एउटा छुट्टै किसिमको पहिचान तयार पारेका छन् | उनले नेपाली चलचित्रको स्थर निकै माथि सम्म रहेको र यसलाई आफुले सक्दो विकाश तर्फ अग्रसर पार्ने कुरा पनि बताएका छन् | अहिले चलचित्र संगसंगै यसका निर्माता तथा निर्देशक मिलन चाम्सको सबै तिर निकै तिब्र रुपमा चर्चा परिचर्चा हुन थालेको छ | अहिले सम्पूर्ण स्थानमा स्कुल देखि कलेज सबै तिर मात्र “वीर विक्रम” को हल्ला सुन्न पाइनछ | यसै गरि चलचित्रको तारा प्रकाश लिम्बु र दीपा लामाको सुमधुर स्वरमा सजिएको “सारे सारे” बोलको गीत पनि अहिले सबै तिर निकै प्रख्यात भई चर्चाको शिखरमा रहेको छ | चलचित्र रिलिज अगावै यस गीतलाई अहिले युटुबमा १ मिलियन भन्दा बढीले यस गीतलाई हेरिसकेका छन् | यसै गरि चलचित्रको अर्को “नजिक हुदैछु” बोलको गीत पनि अहिले चर्चामा रहेको पाइएको छ |
bir-bikrambir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिएका छन् | चलचित्रले ब्यापारिक हिसाबमा पनि निकै नै सफलता बटुल्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस ट्रेलर

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: