Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शनको लागी तयार फिल्म ‘लालटिन’का निर्माता अनि कलाकार पनि हुन् भानुप्रताप । नेपाली फिल्म उद्योगमा छोटो समयमै पर्दामा कम देखिँदै गर्दा पनि एक प्रकारको हाईप क्रियट गर्न सफल भानुप्रतापले ‘लालटिन’मा दयाहाङलाई लिँदै गर्दा छुट्टै प्रकारको चर्चा भयो ।
कम अनि छानेर मात्र फिल्म गर्ने घोषणा गरेका दयाहाङले भानुप्रतापले नै तयार गरेको स्कृप्ट मन पराउनु अनि फिल्मको लागी तयार हुनुले नै उक्त फिल्मप्रति आशा गर्ने ठाउँ देखिईसकेको छ । यो बर्ष भित्रै रिलिजको तयारी भईरहेको उक्त फिल्म पश्चात अब पुनः दयाहाङ र भानुप्रताप सँगसँगै देखिने पक्का भएको छ ।
निर्माण घोषणा गरिएको फिल्म ‘नेप्टे’मा दुबै जना अनुबन्ध भईसकेका छन् । रोहित रुम्बाले निर्देशन गर्ने फिल्ममा निर्देशन देवकुमार श्रेष्ठको रहने छ । चार बर्ष पहिले ‘दलाल’ फिल्मबाट डेब्यू गरेका भानु पनि राम्रो अनि आफु सुहाउँदो कथा र पात्रमा मात्र प्रस्तुत हुने सोच राख्छन् ।
दयाहाङसँगको स्कृन सेयरको अनुभव सुनाउँदै भानुले कामप्रतिको लगाव र ईमान्दारीता हेर्दा दयाहाङलाई प्रशंसा गर्ने ठाउँ नै नभएको बताए ।
मंसिरमा सुटिङ सुरु हुने नेप्टेमा अनि त्यो पहिले रिलिजको संघारमा रहेको ‘लालटिन’मा भानुले कस्तो काम गरेका छन्, दयाहाङसँगको भिडन्त के कस्तो छ त्यो भने फिल्म रिलिजपछि नै थाहा होला ।

Leave a Reply

%d bloggers like this: