Sat. Apr 27th, 2024

12637280_10205677734602856_759276989_o
गायक तथा साहित्यकार सुरेन्द्र महर्जनको नयाँ संगीतिक एल्बम ‘अमर २’ सार्बजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख अतिथ्यमा उक्त  एल्बमको विमोचन गरिएको हो ।
उक्त एल्बममा रास्ट्रिय भावका गिथारी समाबेश उक्त एल्बममा नेपालीको वास्तविक पहिचान राष्ट्रिय स्वाभिमान समेटेका गीतहरु समाबेस छन् । एल्बममा ‘नेपाली एक बनौँ, आउँछ अटुट नाता, चार भञ्ज्याङ हाम्रै हो, गाउँछौँ देशको गाथा’ लगायत गीतहरु छन । कार्यक्रममा राम कार्कीको संगीत र सुरेन्द्र महर्जनका शब्द तथा स्वरमा तयार भएको न्हीदियो समेत सार्बजनिक गरियो,  भिडियोको निर्देशन भने संचारकर्मी सरोज श्रेष्ठले गरेका हुन् ।
12633221_10205677734242847_1122558799_o
विमोचनमा गायक तथा साहित्यकार महर्जनले देशको अवस्थाले आफुलाई निकै पिरोलेको विचार व्यक्त गरे ।मुलुकमा नाकाबन्दी चल्दा कालोबजारी मौलाएको प्रति गुनासो व्यक्त गर्दै उनले सोही समयलाई स्वाभिमानी र राष्ट्रियतालाई थप बलियो बनाउन आफुले गीत बजारमा ल्याएका हुन् । कार्यक्रममा प्रमुख अतिथी शान्तिप्रियले प्राकृतिक प्रकोप र छिमेकी मुलुकको नाकाबन्दीले देश संकटमा हुँदा महर्जनको रुचि र संगीत तथा गीतले राष्ट्रिय स्थान पाउने दाबी गरे ।

%d bloggers like this: