Fri. Apr 19th, 2024

yo k bhako bhag sani bhag
चर्चित संगीतकार चेतन सापकोटाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘भाग सानी भाग’को ‘यो के भाको’बोलको गीत रिलिज भएको छ । दयाराम पाण्डेका शब्द रहेको गीतमा चेतन सापकोटा कै संगीत छ भने अन्जु पन्त र राज सिग्देलले गायका छन् ।
गीतमा सिनेमाका दुई मुख्य पात्रहरु केकी अधिकारी र सविन श्रेष्ठलाई फिचरिङ गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीत रोमान्टिक बनेको छ, खिचाई पनि आकर्षक छ भने लोकेसन र कला संयोजन तारिफ योग्य छ ।
tbhag sani bhag
नवल नेपालले निर्देशित सिनेमा आगामी चैत्र ५ गते देखि प्रदर्शनमा आउनेछ । सिनेमाले एउटी गाउँले केटीको शहर गई केहि गर्ने सपना अनि उसको एक अन्जन यूक संग भेट, माया-प्रेम अनि उनीहरुको संघर्षको कथालाई देखाउने बताईएको छ ।
सहदेव गौतम र विलोल पोख्रेलले यो सिनेमा निर्माण गरेका हुन् ।

%d bloggers like this: