Thu. Mar 28th, 2024

release-in (1)
यो शुक्रबारबाट चार नेपाली सिनेमा रिलिजमा आएका छन । ‘सुपर हिट’ कैफियत’ ‘कसैलाई नभन्नु’ र‘बिन्दाश–३’ एकसाथ रिलिजमा आएका हुन् ।
सिनेमा ‘सुपरहिट’मा ‘चपली हाईट’ मार्फत चर्चामा आएकी अभिनेत्री बिनिता बरालको अभिनय रहेको छ । यस चलचित्रलाई सौरभ ढकाल र नीरञ्जन पाण्डेले निर्देशन गरेका हुन् ।
मुभिज ईन्फिनिटी क्रिएसनको ब्यानरमा अरुण थापाले सिनेमामा लगानी गरेका छन । सस्पेन्स कथामा बनेको सिनेमामा सिनेमा भित्रको सिनेमाको कथा छ ।
‘कैफियत’लाई साउथ इण्डियन निर्देशक दशरथ गिरीले निर्देशन गरेका हुन् । सिनेमामा शंकर शाही ठकुरी र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । सिनेमालाई चिन्तामणि बराल र धनबहादुर देबकोटाले निर्माण गरेका हुन्  भने संगीत अर्जुन पोखरेलको रहेको छ ।
त्यस्तै मन्दिप मन्दिप रानाले निर्देशन गरेको सिनेमा ‘कसैलाई नभन्नु’ जातीय विभेदको कथामा बनेको छ । सिनेमामा किशोर थापा र आयुष्मा कार्कीको मुख्य अभिनय छ । यस चलचित्रको वितरण करण श्रेष्ठ ‘क्रेजी’ गरेका हुन् ।
उता ‘बिन्दास’ सिक्वेल ‘विन्दास–३’ राजु गिरीले निर्देशन गरेको सिनेमा हो, त्रिकोणात्मक प्रेमकथामा सिनेमा आधारित छ । सिनेमामा स्क्यान्डल क्वीन टाइटल पाएकी शुभेच्छा थापा संगै अशोक फुयाँल र मनिष कार्कीको मुख्य भूमिका रहेको छ । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘विन्दास ३’ बिभिन्न स्क्यान्डल मच्चाई चर्चामा आएको सिनेमा हो ।

%d bloggers like this: