Fri. Apr 26th, 2024

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’ मा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा छन् भने अग्रज कलाकार रमेश बुढाथोकी, देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । ‘लभ लभ लभ’ शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र हो ।चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गते रिलिज हुने हुदैछ l चाहे व्यक्ति राम्रो होस या कुरुप दुवैको इमोसन भने एउटै हुन्छ । यही तत्थ्यलाई आधार बनाएर ‘लभ लभ लभ’ निर्माण गरिएको छ ।“एउटा सामान्य केटो जो हेर्दा त्यती सुन्दर लाग्दैन । ऊ साइकल चढेर हिँड्छ । तर उसले मायाँ गर्ने केटी निकै राम्री हुन्छे । स्कुटर चढेर हिँड्छे । उनीहरु दुई जना बीचको प्रेम कहानी नै चलचित्रको मुख्य विषय हो। ‘एभरेज’ केटा जो एउटा टोलमा हुन्छ । उसले त्यही टोलको राम्री केटीलाई पछ्याउँछ । उसले जेजे भन्यो त्यही मान्दै हिँड्छ । त्यो केटाको इमोसनलाई केटीले बुझ्छे कि बुझ्दिन ? यही नै चलचित्रमा देखाउन खोजिएको छ । सामान्य मान्छेको स्टोरी भएकाले यसमा मुख्य कुरा स्टार कास्ट छैन नयाँ कलाकार छन् ।” “मान्छे आफू गुड लुकिङको छैन भने पनि हेन्डसम व्वाई र प्रिटीगर्लकै प्रेम कथा चलचित्रमा हेर्न रुचाउँदोरहेछ चलचित्र ‘लभ लभ लभ’ मा भने यस्तो कथा छैन । ,”यो अरु लभ स्टोरी चलचित्र’ भन्दा केही फरक छ ।चलचित्रमा आइरहेका भन्दा केही फरक भएकाले यसले दर्शकको मन अबश्य छुनेछ।

Leave a Reply

%d bloggers like this: