Fri. Apr 26th, 2024

फिल्म धेरै बन्छन तर बिरलै फिल्मले इतिहास रच्छन बिरलै फिल्मले राम्रो ब्यापार गर्छन र बिरलै फिल्मले दर्शकको मन स्पटलमा ठाउँ जमाउछनlयस्तै मध्यको एउटा आशातित चलचित्र रहेको छ चलचित्र ‘घामपानी’l चलचित्र सेन्सर बोर्डबाट‘घामपानी’ले युनिभर्शल सर्टिफिकेट प्राप्त गरेको छlघामपानी सेन्सर बोर्डमा साह्रै प्रसंसित फिल्म बन्न पुग्यो बोर्डका सम्पूर्ण सदस्यले खुलेरै तारीफ गरे जुन ‘घामपानी’ टिमको लागि एकदमै गर्वको कुरा हो युनिभर्शल सर्टिफिकेट तेस्तो फिल्मलाइ दॆइञ्छ जुन फिल्मले अन्तराष्ट्रिय स्तरको कथाबस्तु देखि क्वालिटी मेन्टेन गरेको हुन्छ प्राय फिल्महरुले पी जी सर्टिफिकेट पाएका हुन्छन त्यसैले चलचित्र सेन्सर बोर्डबाट युनिभर्शल सर्टिफिकेट पाउनु चलचित्र घामपानीको लागि गौरव को कुरा हो र आम दर्शकलाइ फिल्म यस्तो रहेछ है भनेर जाँच्ने एउटा बलियो अधार पनि होl
रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ ।दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ ठुलो लगानी गरेर निर्माण भएको छ l फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ ।अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन छोरीको रुपमा देख्न सकिने छ भने दयालाई जनजातीको छोराको रुपमा देख्न सकिने छ lचलचित्र प्रदर्शनमा आउनु भन्दा केहि दिन अघि चलचित्र ‘घामपानी’ले तामाङ सेलो गीत‘आपालाई मेरो’ बोलको गीत सार्वजनिक गरेको छ। युट्युबमा अपलोड गरे लगतै दर्शकले औधि मनपराएका छन् l

Leave a Reply

%d bloggers like this: