Sat. Apr 27th, 2024


वैशाख १ गते नयाँ वर्षको अवसर पारेर चलचित्र ‘लभ लभ लभ’,रिलिज हुँदै छ l ‘लभ लभ लभ’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । ‘पशुपतिप्रसाद’, ‘चपलीहाइट’ जस्ता राम्रा चलचित्र दिएका दीपेन्द्रले ‘लभ लभ लभ’ मा उदीयमान नायिका स्वस्तिमा खड्का र नवनायक सुरज पाण्डेलाई मुख्य रोलमा लिएका छन् । हरेक व्यक्तिले भोग्दै आएको प्रेम कथामा आधारित साधारण लभ स्टोरी हो । तडकभडक केही छैन सबैलाई मन पर्ने खालको चलचित्र रहेको छ ।युवा पुस्ता टार्गेट मात्र नभएर यसको लक्षित समूह हरेक व्यक्ति युवा उमेर पार गरेर गएको हुन्छ यो उहाँहरुको पनि कथामा आधारित चलचित्र छ । सबैको कथा  समेटेको सबैले हेर्ने खालको चलचित्र निर्माण गरिएको छ।
हरेक व्यक्ति एक पटक युवा हुन्छ  उ पनि फ्रेन्डसिप र लभबाट गुज्रिएकै हुन्छ  त्यसैले सबैले इन्टरटेन गर्न सकिने मुभी भएको भन्दै निर्देशकले जानकारी दिएका छन् l चलचित्रको सांगीतिक पक्षलाइ दर्शकले एकदमै मन पराएका छन् ।

Leave a Reply

%d bloggers like this: