Tue. Mar 28th, 2023

काठमाडाैँ । कोरोना महामारीका कारण प्रदर्शन मिति धकेलिँदै गएको फिल्म ‘लप्पन छप्पन २’ले आगामी शिवरात्रीमा प्रदर्शनको तयारी गरेको छ । अघिल्लो वर्ष पनि शिवरात्रीमै प्रदर्शनको तयारी गरेता पनि कोरोना भाइरसका कारण प्रदर्शन अनिश्चित भएको थियो ।
चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय छ ।
एक्सन र थ्रिलर कथामा तयार भएको यो चलचित्रमा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथा तथा संवाद छ । पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लेटको संगीत, नरेशनाथ योगीको कोरियोग्राफी रहेको यो चलचित्रमा हिमाल केसीको एक्सन निर्देशन, मिलन श्रेष्ठको सम्पादन छ ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा प्रकाश कुँवर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदिपचन्द्र भक्रेल, सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *