Thu. Mar 28th, 2024

नेपाली चलचित्र राम्रो बने राम्रै व्यापार गर्न सक्छ भन्ने नजिर भने पहिलेदेखि नै बसिसकेको छ । वर्ष २०७३ ले पनि यसलाई पुष्टि गरेको छ ।फिल्म नगरीमा २०७३ सालले बिदाई गरि २०७४ सालले स्वागत गरिरहेको अवस्था छ l२०७३ सालमा निर्माण भएका फिल्म मध्ये कतिलाइ फाप्यो त कतिलाई फापेन कति फिल्म हिट भए भने कयौ सुपर फलप यस्तै सिलसिलामा हामीले एउटा रिपोर्ट तयार पारेका छौ जुन फिल्म करोडको क्लबमा पर्न सफल भएका छन् l २०७३ सालमा करोड क्लबमा परेका केही नेपाली फिल्महरु ‘छक्का पन्जा ,गाजलु , बिर बिक्रम ,पुरानो डुंगा, लुट२, लप्पन छप्पन छन् । यो वर्ष ‘छक्का पञ्जा’, ‘लुट–२’, ‘वीर विक्रम’,‘लप्पन छप्पन’, ‘पुरानो डुङ्गा’, ‘गाजलु’ करोड क्लबमा प्रवेश गरे । छक्का पञ्जाले १६ करोडभन्दा बढी ग्रस कलेक्सन गर्यो भने लुट–२ ले पनि राम्रो व्यापार गर्यो । करोड क्लबमा प्रवेश गरिसकेको ‘लप्पन छप्पन’ अहिले पनि हलमा प्रदर्शनरत छ ।निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन अधिकारी लगायतका कलाकारले अभिनय गरका थिए ।रामबाबु गुरुङ निर्देशत चलचित्र ‘पुरानो डुङगा’ मा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान मुख्य भूमिकामा थिए ।
हेमराज बिसी निर्देशित ‘गाजलु’ ले पनि स्टार कास्ट गरेको थियो । गाजलुमा अनमोल केसी र श्रृष्टिश्रेष्ठमुख्य रोलमा थिए ।
मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ मा दयाहाङ राई, अर्पण थापा, दिया पुन र नाजिर हुसेनले अभिनय गरेका थिए ।
ऐतिहासिक ग्रस कलेक्सनको रेकर्ड बनाएको चलचित्र ‘छक्का पञ्जा’ दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, वर्षा राउत लगायत मुख्य भूमिकामा थिए ।‘लप्पन छप्पन’ ले पनि स्टारहरुलाई नै अभिनय गराएको छ । सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा सिवाकोटीले यसमा अभिन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: