Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
सोसल ड्रामामा आधारित चलचित्र “द स्पोन्सर” ले राजधानीमा आयोजित एक कार्यक्रम बीच आफ्नो अफिसियल चित्रकला पोस्टर सार्वजनिक गरेको छ | पोस्टर सार्वजनिक गर्ने काम चित्रकार साजिद शाक्यले गरेका हुन् |
the-sponser-in1
नेपालमा यस चलचित्रको प्रदर्शन मिति तय नभए पनि नेपाल बाहिर हङ्गकङ्गमा मंसिर ११ गते प्रदर्शन गरिने कुरा बाहिर आएको छ | चलचित्र पोडे आर्ट सोसाइटीको आयोजनामा हङ्गकङ्गमा प्रदर्शन हुनेछ | चलचित्रमा पूर्वी नेपालको सप्तकोशी नदी किनारमा ९ बर्ष टुहुरी बालिकाको कथालाई केन्द्र बिन्दु बनाइएको छ | माछा मरेर जिबिकोपार्जन गर्ने समुदाएको यी बालिका आफ्नो स्पोन्सरले अमेरिका लैजाने र आफ्नो जीवन सुखी रहने आशमा आफ्नो जीवन बिताईरहेकी छिन् |
the-sponser-in4
रुद्र बहादुर गुरुङको निर्माण र प्रणय लिम्बुको पटकथा निर्देशन रहेको चलचित्रमा प्रविण खतिवडा , ग्रिष्मा नेपाल , कामेश्वर चौरासिया , एलिना श्रेष्ठ , रेखा कर्ण , रमेश रन्जन झा , रामभजन कामत , सुरेश नेपाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा बाबुराम नेपालीको छायांकन र चन्दन दत्तको सम्पादन समाबेश रहेको छ |
the-sponser-in3

Leave a Reply

%d bloggers like this: