Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिलेको मोस्ट अवेटेड फिल्म “बाहुबली: द कनक्लूजन” को फर्स्ट लुक रिलीज भएको छ | यसका साथै निर्देशकले फिल्मको पहिलो पोस्टर २२ अक्टुबरमा रिलिज हुने कुराको घोषणा समेत गरेका छन् | प्राप्त जानकारीको अनुसार फिल्मको पोस्टर फिल्मका लीडिंग एक्टर प्रभाषको जन्म दिनको एक दिन अगाडी गरिने छ |
bahubali-2
सबैलाई थाहा भए अनुसार फिल्म बाहुबली हेरिसकेपछि सम्पूर्ण दर्शकहरुको मनमा मात्र एउटा प्रश्न छ कि कटप्पाले बाहुबलीलाई किन मारे ? र यसको उत्तर मात्र ३ जना व्यक्तिलाई थाहा छ ति हुन् अभिनेता प्रभाष, निर्देशक एस एस राजामौली र कहानीकार |
bahubali-2
फिल्मको रिलिजको पहिला नै क्लाइमैक्स लीक हुन नपाओस भनेर डायरेक्टर राजामौलीले ‘बाहुबली: द कनक्लूजन’ को एउटा हैन , दुईटा या तिनवटा पनि हैन कुल चार वटा क्लाइमैक्स सुट गरेका छन् र अहिले सम्म तय भएको छैन कि कुन क्लाइमैक्स फिल्ममा देखाइने छ | अब यो फिल्मको सम्पूर्ण छायांकन सकिसकेपछि मात्रै यो कुराको निर्णय हुने जानकारीमा आएको छ |
यो फिल्म २८ अप्रिल २०१७ मा सिनेमाघरमा रिलिज हुनेछ |

Leave a Reply

%d bloggers like this: