Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
गत बर्षको सफल चलचित्र “प्रेम गीत” का निर्देशक सुदर्शन थापाले आफ्नो नया चलचित्र “म यस्तो गीत गाउछु” को घोषणा गरेका छन् | उनले आफ्नो यस चलचित्रको दुबई स्थित एक कार्यक्रम बीच सबैको माझमा गरेका हुन् | उनको यस चलचित्रमा नायक पल शाह र नायिका शर्मा अनुबन्धित भएको कुरा समेत उनले जानकारी दिएका छन् | त्यस्तै चलचित्रमा अर्जुन पोखरेलको संगीत रहने कुरा पनि पक्का पक्की भैसकेको छ | उनको यस चलचित्रमा अभिनेता सरोज खनाल पनि मुख्य भूमिकामा देखिने छन् |
सुदर्शनले आफ्नो पछिल्लो चलचित्र “प्रेम गीत” को टाइटल गीतबाट आफ्नो यस चलचित्रको नाम जुराएका हुन् | उनको जानकारी अनुसार चलचित्र तिहार पछि छायांकन तर्फ प्रस्थान हुनेछ | चलचित्रमा पहिलो पटक पल र पुजाको जोडी एक साथमा देखिदै छ | चलचित्रको यो दुबैको केमेसट्री कस्तो हुनेछ भन्ने हेर्नको लागि भने केहि समय पर्खिनै पर्छ | आशा गरौ यो जोडी सबैको आँखामा पर्नेछ |

Leave a Reply

%d bloggers like this: