Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय आगाडी मात्रै घोषणा गरिएको चलचित्र “घामपानी” को आज भाटभटेनी मन्दिरको प्राङ्गणमा शुभ-साईत गरिएको छ | चलचित्र असोज ७ गतेबाट शुटिङ्ग फ्लोरमा जाने कुरा निर्माण पक्षेले जानकारी दिएको छ | चलचित्रको शुभ-साईत कार्यक्रममा बिहान चलचित्रका सबै सदस्यहरुको उपस्थिति रहेको थियो | चलचित्रको छायांकन सिन्धुलीमा गरिने कुरा पनि निर्माण पक्षेले जानकारी दिएको छ |
ghampani
चलचित्रका निर्देशक संचारकर्मी दिपेन्द्र लामाले गर्नेछन् | सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनक विक्रम कडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ । कालिप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगीत रहने यस चलचित्रमा सैलेन्द्रध्वज कार्कीले छायांकन गर्नेछन् | चलचित्रको स्क्रिप्ट लेखक निर्देशक दिपेन्द्र लामा हुन् भने रामबाबु गुरुङ स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् |
ghampani
ghampani
चलचित्रमा नायक दयाहाङ्ग राई र नायिका केकी अधिकारी मुख्य भूमिकामा देखिदै छन् | चलचित्रमा यी दुई संगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायतका कलाकाहरुको अभिनय रहने छ | चलचित्रको कथा बस्तु नेपाली सामाजिक बातावरणको सेरोफेरोमा घुमेको कुरा निर्देशक दिपेन्द्र लामाले बताउनु भएको छ | चलचित्रमा दयाहाङ्ग तामाङ्गको छोराको भूमिकामा र केकी ब्राहमणको छोरीको भूमिकामा देखिदैछिन् | यी दुई बिचको अन्तरजातिय प्रेम सम्बन्ध र त्यस बखतमा उत्पन्न हुने समस्या र कलहको घेरा भित्र चलचित्रको बिषय बस्तु केन्द्रित रहेको कुरा पनि उनले जानकारी दिएका छन् |
ghampani
चलचित्रको कथा बस्तु निकै राम्रो रहेको र यसले नेपाली दर्शकहरुको मन जित्ने विश्वास निर्माता रौनक विक्रम कडेलले बताउनु भएको छ | चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: