Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा गोविन्द भण्डारी , बिनोद पौडेल , भुपाल सिटौला , बिमल गौतम र कोमल पाठकको सामिप्येमा चलचित्र “वीर विक्रम” को अस्ट्रेलियामा गरिएको बिशेष प्रदर्शनी भब्य र सभ्य रुपमा सम्पन्न भएको छ | चलचित्रको बिशेष प्रदर्शनीको लागि चलचित्रका नायक दयाहाङ्ग राई केहि दिन अगाडी अस्ट्रेलिया तर्फ प्रस्थान गरेका थिए | चलचित्र हेर्न त्यहाँ थुप्रै दर्शकहरुको उपस्थिति देखियो | चलचित्रले नेपालमा गरेको औधि सफलताको झन्डा त्यहाँ समेत गाड्न सफल भएको छ | चलचित्र हेरेर निस्केका दर्शकहरुले चलचित्रको अत्याधिक प्रशंसा समेत गरेका छन् | चलचित्र निकै राम्रो बनेको र आफुहरुलाई भरपुर मनोरंजन प्रदान गरेको कुरा त्यहाँ उपस्थित सबैको भनाई रहेको थियो | चलचित्र संगै चलचित्रका नायक दयाहाङ्ग राई जो अहिलेका सर्भादिक चर्चित नायक छन् उनीसंग पनि भेटघाट र संगै बसेर चलचित्र हेर्ने बातावरण जुराइदेकोमा नमस्ते इन्टरटेनमेन्ट र चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सलाई दर्शकहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन् |
bir-bikram
bir-bikram
bir-bikram
bir-bikram
bir-bikram
bir-bikram
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् |
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: