Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
दिपावलीको अवसर पारेर कार्तिक २६ गते प्रदर्शन मिति तोकेको चलचित्र “बिजुली मेसिन” को ट्रेलर सार्वजनिक गरिएको छ | अभिषेक सुवेदी, जिवन अधिकारी, बुद्धि तामाङ, कमलमणी नेपाल, आशिष लुईंटेल, जिवन भट्टराई लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रलाई नविन अवालले लेखन र निर्देशन गरेका हुन् । चलचित्रमा महानायक राजेश हमालको पनि अभिनय रहेको छ | चलचित्रका निर्माता तर्फ भने रिसव आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिना रहेका छन् |
चलचित्रलाई साइन्स फिक्सनको आधारमा तयार पारिएको छ | अवाजबाट पनि बिजुलीको उत्पादन गर्न सकिन्छ भन्ने अनौठो परिकल्पनाको साथमा चलचित्रको बिषय बस्तु तयार गरिएको देखिन्छ | चलचित्रको ट्रेलर निकै रोमान्चक रहेको छ | चलचित्रले नेपालमा देखिएको लोडसेडीङ्गको विकल्प तर्फ सम्बन्धित निकायको ध्यान आकर्षण गराउने सम्भावना बोकेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: