Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३१ गते अर्थात् भोलि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले हिजो जय नेपाल हलमा आफ्नो रेड कार्पेट प्रिमिएर शो गरेको छ | प्रिमिएर शो हेर्न अधिंकाश कलाकार र पत्रकारहरुको जमघट रहेको थियो | चलचित्र हेरिसकेपछि सम्पूर्ण व्यक्तिहरुले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ | नेपाली सामाजिक कथाको कुराहरुलाई निकै राम्रो संग देखाइएको र बिषय बस्तु निकै सस्पेन्स रुपमा तयार पारिएको कुरा समेत त्यहाँ उपस्थित महानुभावहरुको भनाई रहेको थियो | कार्यक्रम निकै भब्य र सब्य रुपमा सम्पन्न भएको छ | चलचित्र निकै राम्रो रहेको र सफलताको कामना गर्दै त्यहाँ उपस्थित सम्पूर्णले निर्देशक सुरज भुसाललाई बधाई दिएका थिए |
OLYMPUS DIGITAL CAMERA
बट वाल इन्टरटेनमेन्टको ब्यानरमा सुरज भुसालको प्रस्तुति रहेको चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रले आफ्नो पहिलो ट्रेलर र अडियो समेत सार्वजनिक गरिसकेको छ | प्रस्तुत ट्रेलर र अडियो गीत अहिले सबैतिर लोकप्रिय भैरहेको छ | चलचित्रका निर्देशक सुरज भुसाल हुन् भने निर्माता स्वयम सुरज भुसाल र तिलक बहादुर क्षत्री हुन् | दर्शक माझ “मौन” र “होस्टेल रिट्रनस” जस्ता सफल चलचित्र प्रस्तुत गरिसकेका उनको यो तेस्रो चलचित्र हो |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्र पूर्ण रुपमा नेपाली सामाजिक परिवेशमा तयार भएको र चलचित्रले सबै दर्शकहरुलाई मनोरंजन प्रदान गरि संदेश समेत प्रव्हा गर्दछ भन्ने कुरा निर्देशक सुरज भुसालले बताउनु भएको छ | “गाठो” कस्तो किसिमको चलचित्र हो भनेर सोधिएको प्रश्नमा उनले भने – ” यो गाठो सम्बन्धको गाठो हो ” | चलचित्रको सारा कथा ३ कलाकारको सम्बन्धमा नै घुमेको छ | सम्बन्धको कुरालाई उनले निकै राम्रो र सहज ढंगमा दर्शक माझ प्रस्तुत गर्ने सफल भएका छन् | त्यस्तै उनले एक पटक आफ्नो चलचित्र “गाठो” हेरेर सहि मुल्यांकन गरि सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुन सम्पूर्ण दर्शकहरुलाई आग्रह समेत गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: