Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
tiger-zinda-hai
पछिल्लो पटक २०१२ मा संगै जोडी बनाएर “एक था टाइगर” मा देखिएका नायक सलमान खान र नायिका कट्रिना क्याफ फेरी एकपटक संगै देखिने भएका छन् | उनीहरु अब फेरी “एक था टाइगर” को सिक्वेल “टाइगर जिंदा है” मा संगै देखिदै छन् | अहिलेको यस फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गर्ने भएका छन् भने पहिलेको फिल्मलाई कबिर खानले निर्देशन गरेका थिए |
tiger-zinda-hai
tiger-zinda-hai
फिल्म “टाइगर जिंदा है” को रिलिज मिति भने २०१७ को क्रिसमसमा तय गरिएको छ | प्राप्त जानकारी अनुसार फिल्ममा सलमानले बुढो व्यक्तिको भूमिका निर्वाह गर्नेछन् | यस हिसाबले उनले बुढो टाइगरको भूमिका निभाउन सक्ने अनुमान सबैले लगाइरहेका छन् | फिल्ममा कट्रिना भने पहिलेको जस्तै पाकिस्तानी एजेन्टको भूमिकामा देखिदै छिन् | अहिले लगातार असफलता खेफिरहेकी कट्रिनाको करियर यस चलचित्रले परिवर्तन गरिदिने अनुमान थुप्रै विश्लेषकहरुले लगाएका छन् | अब हेर्न बाकी छ कि सलमानको जादु कट्रिनाको खस्किदै गएको करियर माथि चल्छ या चल्दैन |

Leave a Reply

%d bloggers like this: