Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अहिले उपत्यका बाहिर रहेर छायांकन भैरहेको सबिन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “हिरो रिटर्न्स” केहि तस्बिरहरु बाहिरिएको छ | चलचित्रकी नायिका रेखा थापाले आफ्नो फेसबुक मार्फत छायांकनको केहि तस्बिरहरु सार्वजनिक गरेकी हुन् | तस्बिरमा नायिका रेखा थापा बिल्कुलै फरक पहिरनमा देखिएकी छिन् | आशिष भेटवालको निर्देशनमा तयार हुदै गरेको चलचित्रमा रेखा थापा , सबिन श्रेष्ठ , दिल श्रेष्ठ , सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहेको छ | चलचित्रको निर्मातामा चन्द्र गौतम , सहदेव गौतम र भिम न्यौपाने रहेका छन् |
hero-returns
hero-returns
चलचित्र पूर्ण रुपमा एक्शन र कमेडी जेनेरमा तयार हुने जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रको अहिले उपत्यका बाहिर चितवन लगाएतका ठाउँहरुमा धमाधम छायांकन भैरहेको छ | चलचित्रको कथा बस्तु निकै पृथक रहेको र यसले सबैको मन जित्ने विश्वास निर्माता तथा नायक सबिन श्रेष्ठले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
hero-returns

Leave a Reply

%d bloggers like this: