Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
भाद्र २४ गते अर्थात् गत शुक्रबार देखि देशभरको हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र “छक्का पन्जा” ले मध्यम तहको व्यापार गर्न सफल रहेको छ | निकै चर्चामा रहेर सिंगल ओपेनिङ्ग पाउदा समेत चलचित्रले शुक्रबार सोचे जस्तो दर्शक पाउन सकेन | त्यसपछि शनिबार बिदाको दिन रहेर चलचित्रले राम्रो दर्शक पाउन सफल रहयो | तर आज आइतबार फेरी स्थिति सामान्यमा आइपुगेको छ | प्रदर्शन भन्दा अगाडी जुन किसिमको चर्चा परिचर्चा चलचित्रको रहेको थियो त्यो स्थरको सफलता भने चलचित्रले पाउन सकेन | राजधानीमा शनिबारको कलेक्सनको हिसाबमा राम्रो व्यापार गरे पनि पूर्वाञ्चल र पोखरा स्टेशनमा भने चलचित्रले अपेक्षित ब्यापार गर्न सकेन ।
“छ ए कान छ” र “वडा नम्बर छ” जस्तो पछिल्लो चलचित्र भन्दा पनि बढी आशा बोकेको चलचित्र “छक्का पन्जा” ले तेस्रो दिन सम्म आइपुग्दा मध्यम स्थानमा स्थिर रहेको छ | अबको अगाडिको दिन कस्तो हुनेछ भन्ने कुरा समयले बताउने छ | चलचित्रमा दिपक राज गिरी , प्रियंका कार्की , जितु नेपाल , केदार घिमिरे , बुद्धि तामाङ्ग , शिवहरि पौडेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | निर्मल शर्मा चलचित्रको कार्यकारी निर्माता रहेका छन् | चलचित्रमा रोशन श्रेष्ठको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहेको छ | यो हफ्ता चलचित्रले दर्शक बटुल्न सकेन भने आउदो शुक्रबार र शनिबार चलचित्रलाई मुस्किल पर्न सक्दछ | किन भने आउदो शुक्रबार भाद्र ३१ सुरज भुसाल निर्देशित चलचित्र गाठो प्रदर्शनमा आउदै छ जसको अहिलेको युवा पुस्तामा निकै चर्चा रहेको छ |

Leave a Reply

%d bloggers like this: