Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
karma-hyolmo
नेपाली गीत संगीत क्षत्रमा धेरै समय देखि अग्रसर रहनु भएका र केहि समय अगाडी मात्र तिमी नै मेरो बोलको गीत दर्शकहरु माझ प्रस्तुत गरेर चर्चामा रहनु भएका गाएक कर्मा ह्योल्मोले राजधानीमा एक कार्यक्रम बिच आफ्नो पहिलो एल्बम “कर्मा” सार्वजनिक गर्नुभएको छ | उनको केहि समय अगाडी सार्वजनिक भएको “तिमी नै मेरो” बोलको गीत यसै एल्बममा समावेश गीत रहेको छ | उनले आफ्नो पहिलो एल्बम गोकर्ण स्थित अपाङ्ग पुनर्स्थापना केन्द्रका बालबालिकाहरुको हातबाट गराएका छन् | पाँच वटा पप र मिश्रित शैलीका गीत समेटिएको सो एल्बम विमोचनमा कर्मा र केटाकेटीलाई केन्द्रका संस्थापक किपा शेर्पा, गायक तथा संगीतकार दावा डी. ह्योल्मो र युवा समाजसेवी निमा ह्योल्मोले साथ दिएका थिए। एल्बम विमोचनपछि गाएक कर्माले केन्द्रका ५५ जना बालबालिकालाई खाना खुवाउनुको साथै सर–सामान वितरण गरेका थिए। त्यसै गरि उनले आफ्नो एल्बम बाट उठेको मध्य २५ प्रतिशत रकम अपांग बालबालिकाका लागि सहयोग गरिने गाएक कर्मा ह्योल्मोले बताउनु भएको छ |
karma-hyolmo
karma-hyolmo
karma-hyolmo
karma-hyolmo
प्रस्तुत उनको यस एल्बममा ‘तिमी नै मेरो’, ‘यो मायाले’, ‘यो जुनिमा’, ‘समुद्रको’, ‘ह्योल्मोको गाउँ’ गरि ५ वटा गीत समावेश रहेका छन् | त्यस मध्य “तिमी नै मेरो” बोलको गीत केहि समय अगाडी नै दर्शकहरु माझ लोकप्रिय भैसकेका छन् | एल्बममा रचनाकार दावा डि ह्योल्मो, कर्मा ह्योल्मो, निमा ह्योल्मोका शब्द रहेका छन् भने त्यस पृथक रचनामा सुमधुर संगीत भर्ने काम संगीतकार कन्कायस्ट राईले गर्नुभएको छ | गाएक कर्मा ह्योल्मोको प्रयासले नेपाली गीत संगीतको विकास हुनुको साथै देशको विकास तर्फ समेत संकेत गर्दछ | नेपाली गीत संगीतको साथसाथै समाजसेवामा समेत आबद्ध रहेका उनले नेपाली गीत संगीतको माध्यम बाट देश विकासमा समेत टेवा पुराउन सकिन विश्वास ब्यक्त गर्नुभएको छ | त्यसै गरि आफ्नो यस किसिमको प्रयास र गीत संगीत प्रतिको लगावलाई सधैव निरन्तरता दिने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: