Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी लेखक सुविन भट्टराई द्वारा लिखित कृति “समर लभ” मा आधारित रहेर विकासराज आचार्यको निर्माण निर्देशनमा चलचित्र बन्ने कुरा आएको थियो | तर अहिले तत्काल चलचित्रको साया नामक पात्रको पूर्ति हुन नसक्दा चलचित्र यो बर्षको लागि रोकिने कुरा जानकारीमा आएको छ | निर्देशक आचार्यले हेरोइन नभेटिएकोले बर्ष २०७३ को लागी उक्त प्रोजेक्टलाई थाती राख्दै नयाँ प्रोजेक्टमा जुट्न लागेको कुरा खुलाशा गरेका छन् | उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै चलचित्रको लागि उपयुक्त नायिका नभेटिएकोले तत्काल यो बर्षको लागि यो प्रोजेक्ट रोकिने उल्लेख गरेका छन् | यसका साथै आफ्नो अर्को प्रोजेक्ट ‘निराञ्जना’ को काम थालनी गर्न लागेको कुरा समेत बताएका छन् |

Leave a Reply

%d bloggers like this: