Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
यो हफ्ता रक्षा बन्धनको अवसर पारेर २ चलचित्र “वीर विक्रम” र “चपली हाइट २” प्रदर्शनमा आएका छन् | “चपली हाइट २” ले चलचित्र विकास बोर्डको नियम तोडेर मन मर्जीको हिसाबमा भाद्र २ गते बिहिबारबाट चलचित्र प्रदर्शनमा लिएर आए पछि चलचित्र “वीर विक्रम” समेत बाध्य भएर तोकिएको मिति भन्दा १ दिन अगाडी अर्थात् भाद्र २ गते प्रदर्शनमा आएको छ | यसरी अचानक तोकिएको मिति भन्दा १ दिन अगाडी चलचित्र प्रदर्शनमा आउदा समेत चलचित्र “वीर विक्रम” लाई केहि असर परे पनि खास्सै ठुलो असर नपरेको देखियो | आजको अर्थात् पहिलो दिनको हल रिपोर्ट बुझ्दा चलचित्र “वीर विक्रम” ले मल्टिप्लेक्स देखि सिंगल थियटर सम्म आफ्नो कब्जा जमाएको छ | अहिले सबै हलहरुमा “वीर विक्रम” निकै हाबी देखिएको छ | यसै गरि चलचित्र “वीर विक्रम” को आजको अत्याधिक दर्शकहरुको चापको कारण थुप्रै मल्टिप्लेक्स हलहरुमा शो थप्ने काम निकै तिब्र रुपमा भैरहेको छ | सिंगल थियटरमा समेत निकै दर्शकहरुको चाप “चपली हाइट २” भन्दा “वीर विक्रम” मा देखियो भने चलचित्र निकै राम्रो र मनोरंजननात्मक रहेको प्रतिक्रिया दर्शकहरुबाट आएको छ | चलचित्र “वीर विक्रम” हेरिसकेपछि फर्केका दर्शकहरुको मुखबाट मात्र एक किसिमको अवाज आइरहेको थियो ” बबाल छ , सुपरहिट छ , टोटल मसालेदार ” |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
यसै गरि सम्पूर्ण हलहरुको आजको रिपोर्ट हेर्दा चलचित्र “वीर विक्रम” अर्को चलचित्र “चपली हाइट २” भन्दा धेरै माथि रहेको पुष्टी हुन आउछ | त्यसै गरि आज चलचित्र “वीर विक्रम” अर्को चलचित्र “चपली हाइट २” माथि निकै हाबी भएको देखिएको छ | यस हिसाबमा भोलिको दिन चलचित्र “वीर विक्रम” को लागि निकै भब्य हुने थुप्रै हल ब्यवासाईहरुले बताएका छन् | चलचित्र “वीर विक्रम” को स्थान निकै माथि सम्मको रहेको र नेपाली समाज र नेपाली दर्शकहरुको लागि सुहाउदो चलचित्र बनेको कुरा समेत हल प्रतिनिधिबाट जानकारीमा आएको छ | आजको दर्शकहरुको प्रतिक्रिया र चापबाट चलचित्र “वीर विक्रम” ले निकै राम्रो दर्शक हल सम्म लिएर आउने र चलचित्र सुपरहिट हुने अनुमान थुप्रै हल प्रतिनिधिहरुले लगाएका छन् | त्यसै गरि “वीर विक्रम” को चर्चा परिचर्चा र आज पहिलो दिनको हल रिपोर्टको अनुसार चलचित्र “वीर विक्रम” को सम्क्ष चलचित्र “चपली हाइट २” टिक्न निकै नै गार्हो रहने अनुमान थुप्रै हल प्रतिनिधिहरुले लगाएका छन् |
bir-bikram
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ | त्यसै गरि चलचित्र “वीर विक्रम” ले सम्पूर्ण नेपाली दर्शकहरुको मन जिती नेपाली चलचित्र क्षत्रमा एउटा छुट्टै किसिमको इतिहास रच्ने विश्वास उहाले व्यक्त गर्नुभएको छ |
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: