Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
भाद्र २ गते अर्थात् आजबाट प्रदर्शन सुरु गरेको चलचित्र “वीर विक्रम” को हिजो भब्य र सभ्य रुपमा प्रिमिएर सम्पन्न गरिएको छ | “वीर विक्रम” टिमले २ वटा प्रिमिएर शो गरेको थियो | टिमले पहिलो प्रिमिएर शो सिटी सेन्टर स्थित बिग सिनेमा मल्टिप्लेक्स हलमा गरेको थियो | जसमा नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन लगाएत थुप्रै बिसिस्ट व्यक्तिहरुको उपस्थिथि रहेको थियो | उपराष्ट्रपतिको आगमनको तयारी स्वरुप सिटी सेन्टरलाई निकै आकर्षित हिसाबले सजाइएको थियो | रेड कार्पेट शो अन्तर्गत त्यहाँ बाजा गाजाको समेत व्यवस्था गरिएको थियो | यसै गरि उपराष्ट्रपतिज्युको स्वागतको लागि निर्देशक तथा निर्माता मिलन चाम्स , डिसट्रीब्यूटर गोबिन्द शाही लगाएतका व्यक्तिहरु त्यहाँ उपस्थित हुनुभएको थियो | उपराष्ट्रपतिको आगमन संगै त्यहाको माहोल निकै नै रोमान्चक बनेको थियो | यसै गरि उपराष्ट्रपतिज्युले प्रिमिएर शो हेरिसके पछि आफुलाई चलचित्र “वीर विक्रम” निकै नै राम्रो लागेको कुरा बताउनुभएको थियो | चलचित्रमा समावेश कुराहरुले हाम्रो देशको थुप्रै समस्याहरुको बारेमा जानकार समेत गराएको र नेपाल सरकारको ध्यान आकर्षण समेत भएको कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | चलचित्र निकै राम्रो बनेको अत्ति नै मन छुने रहेको र सम्पूर्ण नेपाली दर्शकहरुले “वीर विक्रम” हेर्नै पर्ने चलचित्र रहेको कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | उपराष्ट्रपतिज्युले पुरा चलचित्र हेर्नु भएको थियो भने चलचित्र प्रति आफ्नो विचार बिमर्श संगै आफ्नो प्रतिक्रिया समेत जाहेर गर्नुभएको थियो | नेपालमा यस्ता चलचित्र बन्न निकै आवस्यक रहेको र चलचित्र “वीर विक्रम” ले नेपाली चलचित्र क्षत्रमा एउटा नया इतिहास रच्नुको साथसाथै सारा नेपालीको शिर उच्च पारेको कुरा समेत उहाले बताउनुभएको छ | यसै गरि उहाले “वीर विक्रम” टिमलाई शुभकामना दिनुको साथै नेपाल सरकार नेपाली चलचित्र प्रति सकारात्मक रहेको र यसका विकासका निमित्त सक्दो प्रयास र सहयोग गर्ने प्रतिबद्धता समेत उहाले जाहेर गर्नुभएको छ |
bir-bikram
OLYMPUS DIGITAL CAMERA
bir-bikram
bir-bikram
bir-bikram
यसै गरि चलचित्र “वीर विक्रम” को दोस्रो प्रिमिएर शो कुमारी क्युएफ्क्स हलमा गरिएको थियो जसमा नेपाली चलचित्र क्षत्रका कलाकारहरु संगै थुप्रै अग्रज व्यक्तिहरुको बाख्लो उपस्थिथि रहेको थियो | चलचित्र “वीर विक्रम” हेरिसकेपछि सम्पूर्ण उपस्थित व्यक्तिहरुले निर्देशक तथा निर्माता मिलन चाम्स संगसंगै सम्पूर्ण “वीर विक्रम” टिमको खुलेर प्रशंसा समेत गरेका थिए | चलचित्र निकै नै उत्कृष्ट रहेको र सम्पूर्ण रुपमा मसालेदार र मनोरंजननाथ्मक रहेको कुरा त्यहाँ उपस्थित सम्पूर्ण व्यक्तिहरुको भनाई रहेको थियो | यसै बीच सबैले चलचित्र “वीर विक्रम” टिम र चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सलाई शुभकामना प्रदान गरेका थिए | आफु निकै खुसि रहेको र यस किसिमको सम्पूर्ण व्यक्तिहरुको उपस्थिथि र साथले आफुलाई निकै हौसला मिलेको कुरा निर्माता तथा निर्देशक मिलन चाम्सले बताउनुभएको छ | आफुले निकै नै राम्रो चलचित्र नेपाली समाज र नेपाली दर्शकहरुको लागि बनाउने प्रयास गरेको र आगामी दिनहरुमा यो भन्दा पनि अझै राम्रो चलचित्र बनाउने र नेपाल र नेपालीको शिर उच्च पार्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | नेपाली चलचित्रको स्थर निकै माथि सम्मको रहेको र यसको विकास र प्रबर्धनको लागि आफु निरन्तर रुपमा लागिरहने प्रतिबद्धता समेत उहाले जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले सम्पूर्ण नेपाली दर्शकहरुलाई “वीर विक्रम” हामी सबै नेपालीको चलचित्र रहेको त्यसैले सबैले “वीर विक्रम” हेरिदिनुहोस भनि आग्रह समेत गर्नुभएको छ |
bir-bikram
चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता तथा निर्देशक मिलन चाम्सले ब्यक्त गर्नु भएको छ | उनले आफ्नो यस चलचित्रलाई पूर्ण रुपमा ओर्गानिक मनोरंजननाथ्मक मसालेदार बिसुद्ध नेपाली चलचित्रको संज्ञा दिएका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा अहिलेका चर्चित डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनु भएको छ | चलचित्रले ब्यापारिक हिसाबमा पनि निकै नै सफलता बटुल्ने विश्वास उनले ब्यक्त गर्नु भएको छ |
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: