Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
नेपाली गीत संगीतको बदलिदो सेरोफेरो संगै नया कलाकार को उत्पत्ति हुने क्रम समेत निकै तिब्र रहेको छ | यसै बीच यहि माहोलमा रमाउदै आफ्नो पहिलो गीत बुझेनौ तिमीले को साथमा गाएक सुहाङ्ग लिम्बु प्रस्तुत भएका छन् | आफ्नो पहिलै देखिको चाहना र इच्छा त्यसपछिको लगाव र मेहेनतका कारण उनि अहिले आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् | उनको यो गीत उनको पहिलो एल्बम “उसको अनि मेरो कथा” मा समावेश रहेको छ | उनको यस गीतमा शब्द संगीत स्वयम उनकै रहेको छ भने स्वर समेत उनि आफैले भरेका छन् | गीतको म्युजिक भिडियो समेत निकै नै राम्रो बनेको छ जसलाई बिशाल बान्तवाले निर्देशन गर्नुभएको छ | केहि फरक अन्दाजमा तयार भएको यस गीतले अहिले युटुबमा बिस्तारै चर्चा बटुलिरहेको छ |
suhang-limbu
suhang-limbu
आफु यस क्षत्रमा नया रहे पनि आफ्नो साधना र मेहेनतले दर्शकहरुको मन जित्न सफल रहेका छन् गाएक सुहाङ्ग लिम्बु | उनि नेपाली लिम्बु चलचित्र र त्यस क्षत्र संग आब्ध रहेर काम समेत गरिसकेका छन् | उनि आफुले नेपाली दर्शकहरुको टेस्ट बुझेको र आफ्नो तर्फबाट सधै राम्रो कुराहरु मात्र दर्शक माझ प्रस्तुत गर्ने प्रयास गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: