Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अन्तत चलचित्र “वीर विक्रम” आजबाट प्रदर्शनमा आउने भएको छ | धेरै पहिले भाद्र २ गते शुक्रबार प्रदर्शन मिति तय गरिएको चलचित्र “वीर विक्रम” फेरी केहि कारण बस भाद्र ३ गते बिहिबार देखि लाग्ने कुरा जानकारीमा आएको थियो | तर फेरी चलचित्र विकास बोर्डले नियम बिपरित बिहिबार चलचित्र प्रदर्शन नगर्नको लागि आग्रह गरेपछि चलचित्र “वीर विक्रम” लाई फेरी भाद्र ३ गते शुक्रबार देखि नै प्रदर्शन गर्ने निर्णय गरिएको थियो | तर उता अर्को चलचित्र “चपली हाइट २” ले चलचित्र विकास बोर्डको आग्रहलाई बेवास्ता गरेर बिहिबार देखि नै आफ्नो चलचित्र प्रदर्शन गर्ने भएकोले चलचित्र “वीर विक्रम” टिमले पनि बाध्यता बस भाद्र ३ गते बिहिबार आफ्नो चलचित्र दर्शक माझ लिएर आउन बाध्य भएको हो |
bir-bikram
bir-bikram
यस अघि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यसरी शुक्रबार बाहेक अरु दिन चलचित्र प्रदर्शन गर्दा नियम बिपरित हुने र यसले सम्पूर्ण चलचित्र क्षत्रलाई असर पर्ने कुरा प्रस्ट पारिसकेका छन् | चलचित्र “चपली हाइट २” ले चलचित्र विकास बोर्डको नियम बिपरित गएर आफु खुसि गरेर बिहिबार चलचित्र प्रदर्शन गर्न लागेकोले आफुले पनि बाध्य भएर “वीर विक्रम” लाई बिहिबार देखि नै प्रदर्शनमा लिएर आउन लागेको कुरा निर्देशक तथा निर्माता मिलन चाम्सले उल्लेख गर्नुभएको छ | उनले आफुले नेपाली समाज र नेपाली सम्पूर्ण दर्शकहरुको लागि निकै नै राम्रो चलचित्र बनाएको र आफु कदापी पछि नहट्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ | अहिले सबैतिर चलचित्र “वीर विक्रम” को चर्चा परिचर्चा भैरहेको छ भने सम्पूर्ण दर्शकहरुलाई मात्र चलचित्र “वीर विक्रम” को प्रतिक्षा रहेको छ |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: