Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
FLF-award
नेपालमा अवार्ड कार्यक्रमको अहिले लहर नै चलिरहेको छ तर इतिहासमा पहिलो पटक लिम्बु भाषित चलचित्र र गीत संगीतलाई समेट्दै फाल्गुनन्द लिङ्ग्देन फिल्म्सले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भब्यताका साथ अवार्ड कार्यक्रम गरेको छ | लिम्बु भाषाको चलचित्र र गीत संगीत म्युजिक भिडियोलाई समेटेर कार्यक्रमको आयोजना गरिएको थिए | कार्यक्रममा नेपाली चलचित्र क्षत्रको थुप्रै अग्रज व्यक्तिहरुको उपस्थिथि रहेको थियो | त्यसै गरि कार्यक्रममा दर्शकहरुको समेत बाख्लो उपस्थिथि देखियो | आफ्नो भाषालाई चिनाउदै लिम्बु समुदायका व्यक्तिहरु लिम्बु पहिरनमा सजिएर आएका थिए | कार्यक्रम निकै नै सभ्य र भब्यताका साथ सम्पन्न भएको थियो | कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुतिको साथ उपस्थित दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए |
FLF-award
यसै बीच कार्यक्रममा विभिन्न विधामा थुप्रै कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो | यसै बीच भक्करै मात्र आफ्नो दोस्रो एल्बम “सोल्टिनी” बिमोचन गरेका गाएक सुसन साम्सोहाङ लिम्बुले “F.L.F.AWARD 2073″ बेस्ट सिंगर मेल विधाको उपाधि हात पार्न सफल भएका छन् | उनले आफ्नो १० बर्ष अगाडीको लिम्बु एल्बम “मरम” मा समावेश “तुम्याहाङ तुम्बा” बोलको गीतबाट अवार्ड जित्न सफल भएका थिए | यसरी आफ्नो धेरै बर्ष अगाडीको कामलाई समेत सहि मुल्यांकन गरेर सम्मान प्रदान गरिदिनु भएकोमा फाल्गुनन्द लिङ्ग्देन फिल्म्स परिवार प्रति उनले आभार प्रकट गरेका छन् | यस किसिमको सम्मानले आफुलाई अगाडी बढ्न र अझै राम्रो प्रतिभाहरु दर्शक माझ लिएर आउन हौसला प्रदान गरेको कुरा पनि बताएका छन् | आफ्नो पहिलो प्राथमिकता गीत संगीत रहेको र यसको विकास र प्रबर्धनको निमित्त आफ्नु निरन्तर प्रयासरत हिसाबमा लागिरहने विश्वास समेत उनले ब्यक्त गरेका छन् |
FLF-award
यसै बीच उनको केहि समय अगाडी “सोल्टिनी” नामक गीति संग्रह बजारमा सार्वजनिक गरिएको छ जसमा समावेश सोल्टिनी बोलको गीत र त्यसको भिडियो अहिले दर्शक माझ निकै चर्चामा रहेको छ | उनको यस गीतमा नरेश भट्टराईको शब्द हरि लम्सालको संगीत संगै उनि स्वयम आफुले सुमधुर स्वर भरेका छन् | अहिले नेपाली गीत संगीत बजारमा उनको निकै प्रशंसा हुने गरेको छ र उनले पाएको यस सम्मानले आफु निकै हौसिएको र दर्शक माझ अब अजै राम्रो र पृथक प्रतिभाहरु प्रस्तुत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: