Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
श्रावण २८ गतेबाट प्रदर्शनमा आएको बिराज कम्ब्याक चलचित्र “जय परशुराम” निर्माता तथा निर्देशक रोज राणामाथी सोमबार साँझ ७ बजेर १५ मिनेट जाँदा मध्य बानेश्वरमा खुकुरी प्रहार भएको छ । बानेश्वर प्रहरीको जानकारी अनुसार राणामाथी २ जना अपरिचित व्याक्तिले खुकुरी प्रहार गरेका थिए | राणाको दाहिने हातमा गम्भिर चोट लागेको प्रहरी श्रोतले बताएको छ ।
खुकुरी प्रहार गर्ने २ जना फरार रहेको बताईएको छ । घटना पश्चात राणालाई उपचारको लागी बानेश्वर स्थित एभरेष्ट अस्पतालमा पुर्याईए पनि उनको स्थिथि गम्भिर रहेकोले थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी लगिएको छ । उनि प्युठान जिल्लाका कांग्रेस पार्टीका क्षेत्रिय सभापति पनि हुन् । राणामाथि कसले र किन आक्रमण गर्यो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको कुरा प्रहरी स्रोतले जानकारी दिएको छ | त्यसै गरि खुकुरी प्रहार गर्ने २ जना अपराधीको समेत अहिले सम्म पहिचान हुन नसकेको कुरा प्रहरीले उल्लेख गरेको छ |

Leave a Reply

%d bloggers like this: