Fri. May 17th, 2024

काठमाडौं / अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने चलचित्र ‘१२ गाउँ’को काठमाडौं उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस्ले र मोफसल वितरण अधिकार कुवेर सिने डिष्ट्रव्युसन प्रालीको लिएको छ । मंगलबार वितरक र अभिनेता तथा निर्माता भट्टले लिखित सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वैशाखको अन्तिमदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा अहिले कलाकार छनोट लगायतको प्रि-प्रोडक्सनको काम भैरहेको छ । हालसम्म चलचित्रको मुख्य भुमिकामा विराजका अलवा उनका छोरा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, नरेन खड्का, कनिज कोइराला, कालु राना, मुरलीधर, तमिल चलचित्रका चर्चित खलपात्र सिल्भा मास्टर लगायतका कलाकारको अभिनय रहनेछ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा सिल्भा मास्टरको द्धन्द्ध निर्देशन समेत रहनेछ । चलचित्रको कथातथा पटकथा सन्तोष सरकारले लेखेका हुन् । पहिलो सेड्युल काठमाडौं र आसपासमा रहेको, त्यसपछि विरगञ्ज, हेटौंडा लगायतका स्थानमा चलचित्र खिचिने छ ।

Leave a Reply

%d bloggers like this: