Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
jhumki
असोज ७ गते प्रदर्शन मिति तय गरिएको चलचित्र “झुम्की” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ | “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्रका निर्देशक रामबाबु गुरुङको लेखाईमा तयार भएको चलचित्रलाई निर्देशक अपिल बिष्टले निर्देशन गरेका छन् | निकै नै फरक देखिने ट्रेलरमा नाएक दयाहाङ्ग राईलाई पुलिसको बर्दीमा अनुसन्धान गरिरहेको देख्न सकिन्छ भने यसअघि कलाकारको रुपमा बाहिर नल्याईएका निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई सरप्राईज स्वरुप ट्रेलरमा नेपाली सेनाको अफिसरको रुपमा देखाइएको छ |
jhumki
jhumki
चलचित्रमा दयाहाङ्ग राई , निश्चल बस्नेत , रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायतका कलाकारहरुको अभिनय हेर्न पाइने छ । चलचित्रलाई शैलेन्द्र डि कार्कीले छायांकन गरेका हुन् | चलचित्रमा काली प्रसाद बास्कोटा र हेमन्त रानाको संगीत रहेको छ भने विजय बिराज बिष्ट चलचित्रका निर्माता हुन् | चलचित्र निकै नै राम्रो र मनोरंजननात्मक रहेको कुरा निर्देशक अपिल बिष्टले उल्लेख गरेका छन् | चलचित्रलाई अपिल बिष्ट फिल्म प्रोडकसनको प्रस्तुतिमा सिनेमा आर्टले निर्माण गरेको हो | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ |
jhumkijhumki
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: