Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत सांगीतिक क्षत्रको बदलिदो मुहार संगै धेरै नया प्रतिभाको आगमन पनि बढेको छ | निकै नै निखारिएको प्रतिभाहरु अहिले नेपाली सांगीतिक परिवेशमा झझल्किरहेको अवस्था रहेको छ | यसै बीच आफ्नो कला प्रस्तुतिलाई निखार्दै नेपाली गीत संगीत क्षत्रमा चम्किदै छन् गाएक सुमन मगर | देशबाट टाढा रहेर समेत नेपाली गीत संगीतको माया मोहलाई भुल्न नसकी निरन्तर अगाडी बढ्ने प्रयास गर्दै छन् गाएक सुमन मगर | यसै बीच केहि समय अगाडी उनकै सुमधुर स्वरमा सजिएको अधुरै रहे बोलको को गीत उनले दर्शक माझ सार्वजनिक गरेका छन् | आधुनिक पोप शैलीमा तयार भएको गीतमा शब्द तिर्थ चाम्लिङ्ग रहेको छ भने संगीत सुमन राईले भर्नुभएको छ |
suman-magar
suman-magar
अहिले युवा पुस्तामा उनि निकै चर्चामा रहेका छन् | देशबाट टाढा रहेर पनि आफ्नो नेपाली गीत संगीतको यात्रा कहिले पनि नछोड्ने विश्वास उनि ब्यक्त गर्दछन् | आफ्नो प्रयासलाई धेरै दर्शकहरुले रुचाईरहनु भएको यसै गरि माया गरि आफुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुनको लागि उनले दर्शक सम्क्ष बिन्ति समेत बिसाएका छन् | त्यसका साथी हामी जहाँ रहे पनि नेपाली हौ त्यसैले जहाँ भएपनि नेपाली गीत संगीतलाई सधै माया र सम्मान गरि सुनिदिनुहोस भनि सम्पूर्ण दर्शकहरुलाई उनले आग्रह समेत गरेका छन् |
suman-magar
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: