Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्रमा निकै नै तिब्र निर्देशकको रुपमा परिचित निर्देशक बिएस बलामीको नया चलचित्र “नेपालीको शान” राजधानीमा सोमबार एक कार्यक्रम बीच घोषणा गरिएको छ | चलचित्रको ५० प्रतिशत छायांकन पर्यटकिय शहर थाईल्याण्डमा गरिने भएको छ | चलचित्रमा जीवन लुईंटेल , सिमा केसी ,प्रज्वल गिरी लगाएतका कलाकारहरुको भूमिका रहने छ | निशा शाहको कथा रहेको चलचित्रमा सञ्जु थोकर लामाको छायांकन रहने छ भने टंक बुढाथोकी र सम्राट थापाले आफ्नो सुमधुर संगीत भर्नेछन् |
अर्को हप्ताबाट शुटिंग फ्लोरमा जाने भनिएको राष्ट्रियताको कथा बोल्ने “नेपालीको शान” लाई यहि बर्षको माघे सक्रान्तिको छेकोमा अर्थात पौष २९ मा रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको छ ।
फिल्ममा राजेन्द्र गौतम, ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, गेहेन्द्र बज्राचार्य लगायतको लगानी रहनेछ भने थाइल्याण्डबाट विशेष सहयोगीमा राजु बलामीलाई राखिएको छ भने मिडिया संयोजनको जिम्मेवारी सञ्चारकर्मी कुमार आचार्यलाई दिईएको छ ।

Leave a Reply

%d bloggers like this: